Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मनकामना केबुलकार लगभग दुई महिना बन्द हुने

३२ सोमबार , असार २०८१३ महिना अगाडि

मनकामना केबुलकार लगभग दुई महिना बन्द हुने

आजदेखि मनकामना केबुलकार लगभग दुई महिना बन्द हुने भएको छ । केबुलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्नका लागि ५० दिनका लागि केबुलकार बन्द हुने भएको हाे ।

मनकामना केबुलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबुलकार आजदेखि बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ । यसअघि ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिएका छन् ।

मनकामना केबुलकारकाे डिजिटल सिस्टममा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको बताइएकाे छ । आजभन्दा २६ वर्ष अगाडी विसं २०५५ साल मंसिर ८ गतेदेखि सञ्चालनमा आएकाे नेपालकाे एकमात्र पहिलाे केवलकारकाे मुख्य केबल तार लट्ठा फेर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएकाे छ ।

मनकामना केबुलकारको विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको र हाल उक्त कामका लागि दक्ष प्राविधिक अष्ट्रियाको डोप्पलमेयर कम्पनीबाट आएकाे बताइएकाे छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि केबलकार सञ्चालनमा ल्याइएको हो ।

आजदेखि ५० दिन केबुलकार सेवा बन्द रहे पनि केबुलकारको प्रवेशद्वार (बटम स्टेसन) मा रहेको रेष्टुराँ सेवा भने निरन्तर सञ्चालनमा रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।