Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चाैथाे पटक युरो कप उपाधि स्पेनले जित्याे

३२ सोमबार , असार २०८१३ महिना अगाडि

चाैथाे पटक युरो कप उपाधि स्पेनले जित्याे

गए राति सम्पन्न युराे कफकाे फाइनल खेलमा इंग्ल्याण्डलाई २–१ ले हराउँदै स्पेनले उपाधि जितेको छ । युरो कप फुटबल २०२४ को उपाधि जितेसंगै स्पेनले याे संग चार पटक युराे कप उपाधि जितेकाे हाे ।

यसअघि स्पेन र जर्मनीको नाममा तीन–तीन युरो कप उपाधि रहेकाेमा याे पटककाे जितसंगै स्पेनले चार पटक युराे कप उपाधि जित्न सफल भएकाे हाे । यसअघि स्पेनले सन् १९६४, २००८ र २०१२ को उपाधि जितेको थियो ।

यसपटक स्पेनलाई उपाधि दिलाउनेक्रममा निको विलियम्स र माइकल ओयारजाबललेले समान १ गोल गरेका थिए भने इंग्ल्याण्डका लागि कोल पाल्मरले एक गोल गरेका थिए । खेलमा स्पेनले ४७औँ मिनेटमा निको विलियम्सको गोलमार्फत अग्रता लिएको थियो ।

उनले लामिन यमलको पासमा गोल गरे । ७३औँ मिनेटमा इंग्ल्याण्डका परिवर्तित खेलाडी कोल पाल्मरले गोल गर्दै खेललाई १–१ को स्थितिमा ल्याएका थिए । खेलको ८६औँ मिनेटमा माइकल ओयारजाबलले गोल गर्दै स्पेनलाई युरो उपाधि दिलाए ।

यता इंग्ल्याण्ड लगातार दोस्रोपटक युरो फाइनलमा पराजित हुन पुगेकाे छ । यसअघि ​इंग्ल्याण्ड गत संस्करणको युरो कप फाइनलमा इटालीसँग पराजित भएको थियो भने याे पटक स्पेनसंग हार बेहाेरेकाे छ ।