Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

झण्डै दुई दर्जन सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता

३१ आइतबार , असार २०८१३ महिना अगाडि

झण्डै दुई दर्जन सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता

ट्राफिक प्रहरीले हराएका करिब दुई दर्जन दुई पाङ्ग्रे सवारीसाधन सम्बन्धित धनीलाई बुझाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न मितिमा हराएका तथा चोरी भएका २१ वटा दुई पाङ्ग्रे सवारीसाधन सम्बन्धी धनीलाई जिम्मा लगाएको हाे ।  

कार्यालयका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले आज एक कार्यक्रमका बीच १३ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका थिए । काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट हराएर खोजतलासका क्रममा भेटिएका सवारीसाधन सवारी धनीलाई फिर्ता गरिएको हो ।