Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मेयर रेणु दाहालद्धारा सिमलताल क्षेत्रको निरीक्षण

३१ आइतबार , असार २०८१३ महिना अगाडि

मेयर रेणु दाहालद्धारा सिमलताल क्षेत्रको निरीक्षण

चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले दुईटा यात्रुवाहक बस बेपत्तास्थल सिमलताल क्षेत्रको निरीक्षण गरेकी छन् । उनले आज सिमलताल क्षेत्रको निरीक्षण गर्दै बेपत्ता भएका यात्रुको खोजीका लागि महानगरले सक्दो सहयोग गर्ने बताएकी हुन् ।

मेयर दाहालले भनिन्, ‘यो क्षेत्र भरतपुरमै पर्छ । भरतपुरमा यति ठुलो कहालीलाग्दो घटना घट्नु निकै दुःखद् हो । यो घटना यही महानगरभित्र भएकोले हामी के–कस्तो सहयोग गर्नुपर्छ, त्यसका लागि तयार छौं । त्यसका लागि सुरक्षा निकायहरुसँग पनि समन्वयमै छौं ।’

उनले महानगरसँग भएको स्रोतसाधन समेत सुरक्षाकर्मीहरुलाई प्रयोगका लागि हस्तान्तरण गरिसकेको र आवश्यकताअनुसार थप गरिने समेत बताइन् । गत शुक्रबार बिहान नारायणघट–मुग्लिङ्ग सडकको सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशुलीमा दुई वटा यात्रुवाहक बस बगेका थिए ।

ती बसमा कति यात्रु थिए भनेर हालसम्म यकिन नभएपनि ६० जनाबढी रहेको बताइएको छ । त्यसमध्ये अहिलेसम्म पाँच जनाको शव फेला परेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीका टोलीले बेपत्ता बस र यात्रुको खोजी गरिरहेको छ । खोजीका लागि नेपाली सेनाको विपद् व्यवस्थापन गण आँपटाडीका तीन जना गोताखोर खटिएका छन् ।

सशस्त्र प्रहरी बलको चितवनको कुरिनटारमा रहेको विपद् व्यवस्थापन तालिम शिक्षालयबाट दश जना गोताखोरसहितका टोलीले पनि चितवनको घुमाउनेबाट खोजी कार्य शुरु गरिसकेको छ । पानीभित्र क्यामरा पठाएर खोज्ने कार्य समेत सुरु भएको छ ।

सो क्यामराको प्रयोगले नदीको २० मिटर तलसम्म हेर्ने सकिने शिक्षालयका सहायक समादेशक जनक पुरीले जानकारी दिए । त्यस्तै, रिबन मेथड, अण्डर वाटर ड्रोन र सोनार डिभाइसबाट पनि बेपत्ता बस र यात्रुको खोजी भइरहेको छ ।