Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

वर्षका कारण उपत्यकामा तरकारीको भाउ आकासियो

३१ आइतबार , असार २०८१२ बर्ष अगाडि

वर्षका कारण उपत्यकामा तरकारीको भाउ आकासियो

उपत्यका बाहिरबाट तरकारी नआउदा फलफूल तथा तरकारीको भाउ आकासिएको छ । अविरल वर्षका कारण उपत्यका भित्रिने सडकहरुमा बाढी पहिरो गएसंगै सवारी साधन चलन नसक्दा ढुवानी प्रभावित भई फलफूल तथा तरकारीको भाउ आकासिएको हो ।  

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलेका अनुसार अहिले बाहिरी जिल्लाबाट काठमाडौं उपत्यकामा आउने तरकारी ४० प्रतिशतले घटेको बताइएको छ । उपत्यकामा धेरै तरकारी आउने चितवन, मकवानपुर, काभ्रे, रामेछाप, धादिङ, नुवाकोट लगायत जिल्लाको ग्रामीण कृषि सडकहरू अवरुद्ध हुँदा तरकारी संकलन हुन नसक्दा तरकारीको भाउ बढेको हो ।

बाढी–पहिरो बढ्न थालेपछि काठमाडौंमा ७ सय टन दैनिक तरकारी आउनेमा ४ सय टन मात्रै आइहरको समितिको भनाई रहेको छ । बल्खु तरकारी बजार, जडीबुटी तरकारी बजार लगायत स्थानमा पनि सोही अनुपातमा आपूर्ति घटेको बताइएको छ ।

आपूर्ति घटे पनि माग भने उस्तै रहेकोले बजार भाउ महंगिएको हो । अझै केहिदिन बाढी–पहिरोले तरकारी रोकियो भने मार्केट नै डाउन हुने सम्भावना देखिन्छ भने उपत्यका नजिकैका जिल्लाबाट तरकारी आइरहेकाले तत्काल तरकारी हा–हाकारको स्थिति नभए पनि निरन्तर वर्षाका कारण तरकारीको भाउ बढ्ने समितिका महानिर्देशक डा. महादेव पौडेल बताउछन ।