Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

डोनाल्ड ट्रम्प माथि गोलि प्रहार

३१ आइतबार , असार २०८१३ महिना अगाडि

डोनाल्ड ट्रम्प माथि गोलि प्रहार

अमेरिकामा चुनावी र्‍यालीमा गोली चल्दा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन् । अमेरिकाको पेन्सिलभेनियामा शनिबार राति चुनावी र्‍यालीमा गोली चल्दा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका हुन् ।

ट्रम्पलाई र्‍यालीमा गोली लागेपछि भुइँमा ढलेको र घटनास्थलको तस्वीरहरुमा ट्रम्पको कानको छेउबाट रगत बगेको देखिएको छ । उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल लागेको छ भने घटनामा एक जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार गोली हान्ने व्यक्ति अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा मृत्यु भएको बताईएको छ ।

गोलि लागेर घाईते भएका ट्रम्पको अवस्था ठीक रहेको ओहायोका सिनेटर तथा रिपब्लिकन नेता जेडी भान्सले पत्रकारहरूसँगको बताएका छन् । उक्त घटनाको राष्ट्रपति जो बाइडेनले निन्दा गर्दै उनले हिंसात्मक घटनालाई स्थान नदिइने बताएका छन् । त्यसैगरि पूर्वराष्ट्रपति बाराक ओबामाले उक्त घटनाको भर्त्सना गरेका छन् ।