Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विभिन्न प्रकारका औषधीको नयाँ दररेट कायम, शल्यक्रियाको ७० हजार रुपैयाँसम्म

३० शनिबार , असार २०८१३ महिना अगाडि

विभिन्न प्रकारका औषधीको नयाँ दररेट कायम, शल्यक्रियाको ७० हजार रुपैयाँसम्म

स्वास्थ्य बीमा बोर्डले सुविधा थैलीअन्तर्गतका सेवासुविधाको परिमार्जित विवरण सार्वजनिक गरेको छ । बोर्डले १ हजार २ सय ९० प्रकारका औषधीको शुल्क तोक्दै नयाँ दररेट सार्वजनिक गरेको हो ।

बोर्डले नयाँ दररेट आगामी साउन १ गतेदेखि लागू गर्न सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र समेत गरेको छ । लामो समयदेखि एउटै दररेटमा उपलब्ध सुविधालाई समयानुकुल परिमार्जन गरिएको बोर्डको भनाइ छ ।

बोर्डले परिमार्जित दररेटमा ओपीडी टिकट शुल्क ५० रुपैयाँ, इर्मेजेन्सी शुल्क एक सय रुपैयाँ, जनरल बेडचार्ज प्रतिदिन दुई सय ५० रुपैयाँ र सबैभन्दा धेरै शल्यक्रियामा ७० हजार रुपैयाँसम्म शुल्क तोकेको छ ।

यसबाहेक कतिपय सेवाहरु तोकिएको अवधिमा मात्रै गर्न मिल्ने गरी क्यापिङ नम्बरको व्यवस्था गरिएकोसमेत बोर्डले जनाएको छ ।