Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

मोरङकाे स्थानीय तहका सूचना प्रविधि अधिकृतलाई तालिम

३० शनिबार , असार २०८१२ बर्ष अगाडि

मोरङकाे स्थानीय तहका सूचना प्रविधि अधिकृतलाई तालिम

मोरङको विराटनगर महानगरपालिकासहित नौं वटा स्थानीय तहका विपद् फोकल पर्सन एंव सूचना प्रविधि अधिकृतलाई विपद् पोर्टल स्थानीयकरणसम्बन्धी तालिम प्रदान गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको आयोजनामा दुई दिने तालिममा सहभागीलाई विपद् पोर्टलसम्बन्धी सैद्धान्तिक एंव व्यवहारिक प्रशिक्षण दिइएको हो ।

तालिम सञ्चालनका लागि इन्टरनेशनल फेडेरेसन अफ रेड क्रस एण्ड रेड क्रिस्सेन्ट सोसाइटिजले प्राविधिक सहयोग उपलब्ध गराएको जनाइएको छ ।

त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी उपसचिव हिरादेवी पौडेलले तालिमको उद्घाटन गरेकी थिइन् ।

विपद् पोर्टल एकीकृत तथा विस्तृत विपद् सूचना व्यवस्थापन प्रणाली हो । यसबाट विपद्सम्बन्धी वास्तविक समयको जानकारी, विपद्का घटनासम्बन्धी अभिलेख, क्षति तथा नोक्सानीको विवरण र जोखिमको दुश्यात्मक अवस्थाबारे जानकारी प्राप्त गर्न सकिन्छ ।

पोर्टलमा सबै स्थानीय तह, प्रदेश, सुरक्षा निकाय, जिल्ला विपद् व्यवस्थापन समितिलगायतले आफ्नो जिम्मेवारी क्षेत्रका विवरण प्रविष्ट गर्न सक्छन् ।