Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कोरियन एयरलायन्सको एकाधिकार तोडिँदै, ईपीएसद्धारा बोलपत्र आह्वान

२८ बिहिबार , असार २०८१३ महिना अगाडि

कोरियन एयरलायन्सको एकाधिकार तोडिँदै, ईपीएसद्धारा बोलपत्र आह्वान

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जाने नेपाली कामदारको हवाई टिकटका लागि बोलपत्र आह्वान गरिएको छ ।

ईपीएस कोरिया शाखाले आज सार्वजनिक सूचना निकालेर काठमाडौंबाट दक्षिण कोरियाको सिओलसम्म हवाई उडानमा ईपीएसमार्फत जाने नेपाली कामदारको टिकट आपूर्तिसम्बन्धी बोलपत्र आह्वान गरेको हो ।

हाल नेपालबाट कोरिया जान कोरियन एयरलायन्स मात्र उपलब्ध छ । यसले कोरिया जाने श्रमिकहरु निकै महँगो हवाई टिकट काट्न बाध्य छन् । कोरोना महामारीपछि कोरिया सरकारले सिधा उडानबाटै नेपाली कामदार लैजाने व्यवस्था गरेको थियो । त्यसअघि ट्रान्जिटमार्फत कामदार लगिन्थ्यो ।

ईपीएस शाखाद्धारा जारी सूचनामा आर्थिक वर्ष २०८१/०८२ देखि एक वर्षसम्म सिओलसम्म कामदार पुर्याउनका लागि आवश्यक एकतर्फी हवाई टिकट उपलब्ध गराउन इच्छुक संस्था, फर्म, कम्पनीहरुलाई आगामी २१ दिनभित्र विद्युतीय बोलपत्र पेश गर्न भनिएको छ ।  

बोलपत्रबापतको शुल्कको लाथि २० हजार रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै, तीन करोड ८५ लाख रुपैयाँ जमानत रकम शाखाको धरौटी खातामा जम्मा गर्नुपर्नेछ । आवेदन दिएकामध्ये सीधा उडानको हवाई भाडादर र ट्राजिन्ट उडानको भाडादर बराबर पेश हुन आएमा सीधा उडानलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।

ईपीएस शाखाबाट उडान तालिकाका लागि नामावली प्राप्त भएका व्यक्तिहरुलाई सम्झौता दरमा नबढ्ने गरी हवाई टिकट (खानासहित) उपलब्ध गराउनुपर्ने पनि जनाइएको छ ।