Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कुखुरा फार्म सञ्चालकको हत्या, कामदार फरार

२८ बिहिबार , असार २०८१३ महिना अगाडि

कुखुरा फार्म सञ्चालकको हत्या, कामदार फरार

मोरङमा कुखुरा फार्म सञ्चालन गरिरहेका सञ्चालकको हत्या भएको छ । माेरङकाे सुन्दरहरैँचा नगरपालिका–९, का ४९ वर्षीय सहदेव बजगाईंको हत्या भएको हो ।

सुन्दरहरैँचा नगरपालिका–१, स्थित कुखुरा फार्म सञ्चालन गर्दै आएका उनको आज बिहान फर्मभित्र क्षतविक्षत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताएका छन् ।

बजगाईँको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको उनले बताए । डिएसपी बस्नेतका अनुसार उनको फार्ममा काम गर्न एक दम्पती बस्दै आएको र घटनापछि उनीहरु फरार रहेकाे बताइएकाे छ । घटनास्थलबाट प्रहरीले एउटा बञ्चरो र दाउरा पनि बरामद गरेको जनाएको छ ।

‘फार्मभित्रै हत्या भएको र कामदार पनि फरार रहेकोले उनीहरु नै हत्यामा संलग्न रहेको हाम्रो आशंका छ,’ डिएसपी बस्नेतले भने, ‘उनीहरुको तीव्र रुपमा खोजतालस भइरहेको छ ।’