Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

असार ७ गते उद्घाटन भएकाे हेलिप्याडबाट उडान बन्द

२८ बिहिबार , असार २०८१३ महिना अगाडि

असार ७ गते उद्घाटन भएकाे हेलिप्याडबाट उडान बन्द

उद्घाटन भएकाे तीन हप्ता नपुग्दै नलिनचोकको हेलिप्याडबाट हेलिकप्टर उडान बन्द गरिएकाे छ । भक्तपुरकाे नलिनचोककोमा रहेकाे हेलिप्याडबाट हवाई सुरक्षाको जोखिम देखाएर पाइलटहरूले हेलिकप्टर उडान बन्द गरेका हुन् ।  

सूर्यविनायक नपा-१० मा ३३ रोपनी क्षेत्रफल ओगटेको हेलिप्याड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडानकाे चाप व्यवस्थापन गर्ने भन्दै निर्माण सुरू गरिएकाे थियाे । उक्त हेलिप्याडको असार ७ गते पर्यटन मन्त्री हितबहादुर तामाङले उद्घाटन गरेका थिए ।

झण्डै ११ करोडको लागतमा हेलिप्याड बनाइएको थियाे भने १२ वटा हेलिकप्टर सेवा प्रदायक कम्पनीका ४० हाराहारी हेलिकप्टर सञ्चालनमा रहेका छन् । उक्त हेलिप्याडमा पाइलटहरूले वरपरका घरलगायत मानव निर्मित संरचनाले अवरोध गरेको, हेलिपोर्टमा कन्ट्रोल टावर नभएको, उडान भर्ने ठाउँ र पार्किङ क्षेत्र साँगुरो भएको भन्दै उडान रोकेका हुन् ।

यता नागरिक उड्डयन प्राधिकरणले हवाई असुरक्षाको कारण देखाउँदै पाइलटहरूले उडान बन्द गरेको बताएको छ । त्यसैगरि व्यावसायिक उडान सुरू गरेपछि उक्त हेलिप्याड स्थलमा मानव निर्मित भौतिक संरचनाले असर परेको बताइएको छ ।