Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पहिराेले मध्यपहाडी लोकमार्गको बागलुङ सडक खण्ड अवरुद्ध

२८ बिहिबार , असार २०८१३ महिना अगाडि

पहिराेले मध्यपहाडी लोकमार्गको बागलुङ सडक खण्ड अवरुद्ध

तीन दिनदेखिकाे अविरल वर्षाका कारण खसेकाे पहिराले पूर्वपश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ सडक खण्ड अवरुद्ध भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङकाे गलकोट नगरपालिका–१ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार भिरालो जमिनमा पहिरो निरन्तर बगिरहेकाले सडक खुलाउन कठिन भइरहेको बताइएकाे छ । प्रहरी र स्थानीयले पहिरो पन्छाउने प्रयास गरिरहेका छन भने लोकमार्ग अवरुद्ध हुँदा पश्चिम बागलुङ र छिमेकी जिल्ला रुकुमबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन दुदिलाभाटीमा रोकिएका छन् ।

त्यस्तै राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत ठाउँठाउँमा पहिराे खस्दा चार दिनदेखि सवारी आवागमन रोकिएकाे छ । उक्त काेरिडाेरकाे सडकको ‘ट्रयाक’ नै पहिराले बगाए पछि सवारी आवागमन राेकिएको हो । दुई ठूला राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा अहिले बागलुङमा यातयात सेवा बन्द भएकाे छ ।