Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

२८ बिहिबार , असार २०८१३ महिना अगाडि

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारणा आज बिहान पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हाे ।

आज बिहान पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि सडक डिभिजन कार्यालयले सडककाे पहिरो पन्छाउने काम गरिरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएकाे छ । पहिराेले सडक अवरूद्ध भएपछि सवारी साधन सडकमै रोकिएकाे बताइएकाे छ ।

अहिले पहिरो पन्छाउन सुरू गरेपनि पानी परिरहेको र लेदो खसिरहेकाले सडक खुलाउन हुन केही समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले बतएकी छन् । 

उक्त सडक खण्ड विस्तारको क्रममा रहेकाले बर्षा सुरु भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।