Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

हेडबक्स सारेपछि काठमाडौँमा बाह्रै महिना पानी आउने

२८ बिहिबार , असार २०८१३ महिना अगाडि

हेडबक्स सारेपछि काठमाडौँमा बाह्रै महिना पानी आउने

काठमाडौँ उपत्यकामा बाह्रै महिना मेलम्चीकाे पानी ल्याउन मेलम्ची खानेपानी आयोजनाको हेडबक्स सार्नुपर्ने बताइएकाे छ । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले उक्त कुरा बताएका हुन् ।

२०७८ साल असार १ गतेको प्राकृतिक विपद्का कारण मेलम्चीको खानेपानी आयोजनाको हेडबक्समा क्षति भएकाे र हाल हेडबक्सको मर्मतसम्भारको काम भइरहेको बताउँदै सचिव आचार्यले मेलम्ची खानेपानीको हेडबक्स सारेपछि मात्रै काठमाडौँमा बाह्रै महिना पानी आउन सक्ने बताए ।

यसवर्ष वर्षातको समयमा पानी पठाउँदा थप क्षति हुनसक्ने भएकाले असार १० गतेदेखि मेलम्चीको पानी काठमाडौँ ल्याउन बन्द गरिएको छ । काठमाडौंमा दीर्घकालिन रूपमा पानी ल्याउन हेडबक्स सार्नुपर्ने अवस्था रहेको सचिव आचार्य भनाइ रहेकाे छ ।

उनले साबिककै हेडबक्सबाट वर्षातको समयमा पानी खुवाउन नसकिने स्पष्ट पार्दै एडिबीले मेलम्ची खानेपानी आयोजनाका लागि २ अर्ब रुपैयाँ अनुदान दिन लागेको समेत जानकारी गराएका थिए । 

त्यसैगरि बैठकमा मेलम्ची खानेपानी आयोजनाका प्रमुख रत्न लामिछानेले आयोजनाको हेडबक्स कडा चट्टान भएको स्थानमा सार्नुपर्ने बताउँदै त्यसका लागि मन्त्रिपरिषद्‌बाट सैद्धान्तिक सहमति पाइसकेको जानकारी दिएका थिए ।