Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सेनामा भर्ना भएकाहरूकाे सैन्य आधार तालिम सम्पन्न

२८ बिहिबार , असार २०८१३ महिना अगाडि

सेनामा भर्ना भएकाहरूकाे सैन्य आधार तालिम सम्पन्न

नेपाली सेनाकाे गत भदौ ३ गतेदेखि सञ्चालित सैन्य आधार तालिम सम्पन्न भएको छ । नेपाली सेनामा भर्ना भएका ७ सय ५४ महिलासहित ३ हजार ८ सय ८७ जनशक्तिले सैन्य आधार तालिम पूरा गरेका हुन् ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार देशका विभिन्न २६ स्थानमा गत भदौ ३ गतेदेखि सञ्चालित सैन्य आधार तालिम समापनका अवसरमा सैन्य जवानलाई अन्तिम दलेल कवाज प्रदर्शनीसँगै दीक्षित गरिएको थियो । 

उक्त तालिम समापनका अवसरमा सैन्य तालिम केन्द्र त्रिशूलीमा बलाधिकृत रथी अशोक सिग्देलले सैन्यद्वारा प्रस्तुत कवाज निरीक्षण गर्नुका साथै उत्कृष्ट शिक्षार्थीलाई पुरस्कृत गरेका थिए ।

बलाधिकृत रथी अशोक सिग्देलले नेपाली सेनाको मूल्यमान्यता र परम्परालाई पालना गर्दै राष्ट्र, जनता र संस्थाप्रति समर्पित रही इमान्दार र अनुशासित भई जस्तोसुकै परिस्थितिमा पनि अविचलित रूपमा काम गर्न निर्देशन दिएका थिए ।