Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु

२८ बिहिबार , असार २०८१२ बर्ष अगाडि

पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु

केहि दिनदेखिकाे अविरल वर्षासंगै आएकाे पहिराेमा परि बाग्लुङमा एक जनाकाे ज्यान गएकाे छ । बाग्लुङकाे ढोरपाटनमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको हाे ।

बागलुङ नगरपालिका–७ तितौरेमा गए राति अविरल वर्षासंगैकाे पहिरोले घर पुरिँदा ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो । आज बिहान पहिराेले घर पुरिएकाे थाहा पाएपछि स्थानीयले प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए ।

घरमा ५५ वर्षीया शर्मा बस्दै आएकाे बागलुङ- ७ का वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिएका छन्  ।