Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

मीटरब्याज पीडितका लागि उजुरी दिने म्याद थपियाे

२७ बुधबार , असार २०८१२ बर्ष अगाडि

मीटरब्याज पीडितका लागि उजुरी दिने म्याद थपियाे

सरकारले मीटरब्याज पीडितहरुलाई उजुरी दिन पाउने म्याद पुनः थप गरिएको छ । अनुचित लेनदेन (मीटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले आज सूचना प्रकाशित गर्दै पीडितहरुले भर्नुपर्ने निवेदन फारामको म्याद दश दिन थप गरिएको जानकारी दिएको हो ।

आयोगले सो अवधिसम्म अनुचित लेनदेन कारोबारसँग सोधनी भएका सबै विवरण प्रष्ट बुझिने गरी भरेर आफुसँग रहेका त्यस्ता कारोबारसम्बन्धी लिखत, भरपाई, टिपोट, शर्तनामा वा सम्झौतालगायतका प्रतिलिपिसहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गर्न भनेको छ ।

सूचनामा उल्लेख छ, ‘अतः अनुचित लेनदेन (मीटरब्याज) पीडितहरुले गृह मन्त्रालयको वेबसाइटबाट निवेदन फाराम डाउनलोड वा प्रिन्ट गरी उक्त फाराममा उल्लेख भएका अनुचित लेनदेन कारोबारसम्बन्धी सोधनी भएका विषयसँग सम्बन्धित सबै विवरणहरु प्रष्ट बुझिने गरी भरी आफुसँग रहे भएसम्मका त्यस्तो ऋण, कर्जा वा अनुचित लेनदेनसम्बन्धी लिखत, भरपाई, टिपोट, शर्तनामा वा सम्झौतालगायत जो भएका लिखतहरुको प्रतिलिपि वा फोटोकपीसमेत साथै राखी पुनः म्याद थपसम्बन्धी यो सूचना प्रकाशन भएको मितिले दश दिनभित्र पीडित आफु रहेको जिल्ला प्रशासन कार्यालयमा सो निवेदन फाराम दर्ता गर्नुहुन जानकारी गराइन्छ ।’

यसअघि पनि आयोगले मीटरब्याज पीडितहरुलाई निवेदन दिने म्याद पन्ध्र दिन थप गरेको थियो । तर, तोकिएको समयमा सबैले निवेदन दिन नसकेको गुनासोपछि पुनः म्याद थप गरिएको हो । सरकारले मीटरब्याज पीडितहरुको समस्या समाधानका लागि २०७९ सालमा जाँचबुझ आयोग गठन गरेको थियो । 

आयोग गठन भएपछि प्राप्त उजुरी र त्यसअघिका उजुरीउपर गृह मन्त्रालयको गत माघ ८ गतेको पत्रमा स्वीकृत कार्यविधि एंव वर्तमान कानूनी व्यवस्थाअनुरुप कारबाही शुरु गरिने आयोगले जनाएको छ ।