Advertisement Banner
Advertisement Banner

०१ बिहिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

सिडियो कार्यालयले राहदानी लिन बाेलायाे

२७ बुधबार , असार २०८१२ बर्ष अगाडि

सिडियो कार्यालयले राहदानी लिन बाेलायाे

जिल्ला प्रशासन कार्यालय, चितवनले राहदानी लिन आउन आग्रह गरेको छ । कार्यालयले सूचना प्रकाशित गर्दै आवेदन दिएको एक महिनाभन्दा धेरै अवधि भएका सेवाग्राहीलाई आफ्नो राहदानी बुझिलिन अनुरोध गरेको हो ।

राहदानीका लागि आवेदन दर्ता भएको मितिले २० दिनभित्र तयार हुने गरेको तर सम्बन्धित व्यक्तिले समयमै बुझी नलगेकोले राहदानी व्यवस्थापनमा कठिनाई भएको सिडियो कार्यालयले जनाएको छ । राहदानी नियमावली, २०७७ को नियम ६ को उपनियम (३) मा राहदानी विभागबाट राहदानी जारी भएको मितिले एक वर्षसम्म बुझी नलिएमा राहदानी रद्द गर्ने व्यवस्था छ । सिडियोले यथाशीघ्र राहदानी बुझिलिन अनुरोध गर्दै अन्यथा विभागमा फिर्ता गरी रद्द गरिने समेत जनाएको छ ।

सूचनामा भनिएको छ, ‘यस कार्यालयमा राहदानीका लागि आवेदन दर्ता भएको मितिले साधारणतया २० दिनभित्र राहदानी तयार भई आउने गरेको छ । यसरी प्राप्त भएका राहदानी बुझी नलगेको कारण राहदानी व्यवस्थापनमा कठिनाई भएको हुँदा राहदानी बुझ्नको लागि सन्देश प्राप्त भएको तथा आवेदन दिएको एक महिनाभन्दा धेरै अवधि भएका सेवाग्राहीहरुलाई आफ्नो राहदानी बुझिलिनु हुनका लागि अनुरोध छ ।’