Advertisement Banner
Advertisement Banner

१३ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

मन्त्रालयमै कर्मचारीकाे ११ दिनदेखि धर्ना

२७ बुधबार , असार २०८१२ बर्ष अगाडि

मन्त्रालयमै कर्मचारीकाे ११ दिनदेखि धर्ना

कृषि मन्त्रालयमा विगत ११ दिनदेखि कर्मचारी धर्नमा रहेका छन् । मन्त्रालयका कृषि समूहका प्राविधिक कर्मचारीहरु समायोजन पछि बढुवा नभएको भन्दै धर्नामा बसेका हुन् ।

कर्मचारीहरुले हरेक दिनजसो मन्त्रालयको गेटमा धर्ना दिँदै आएका छन् । धर्नामा बसेका उनिहरूले समायोजनमा चाहिनेभन्दा बढी सङ्ख्यामा केन्द्रमा कर्मचारी राखिएका कारण वृत्ति विकासमा समस्या भएको जनाउँदै दरबन्दी प्राप्तिका लागि धेरै पटक ताकेता गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको बताएका छन् ।

कर्मचारीका समस्या समाधान गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पुगिसकेको तथा चालु आर्थिक वर्षमा माग सम्बोधन हुनेमा आफूहरू विश्वस्त रहेको उनीहरूको भनाई रहेकाे छ । प्राविधिक कर्मचारीहरुकाे प्राविधिक अधिकृत माधव पौडेलको नेतृत्वमा दुई दर्जन कर्मचारी धर्नामा सहभागी रहेका छन् ।