Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ऐन विपरीत काम गर्ने ५ सय ८४ मेनपावर कम्पनी खारेज

२७ बुधबार , असार २०८१३ महिना अगाडि

ऐन विपरीत काम गर्ने ५ सय ८४ मेनपावर कम्पनी खारेज

वैदेशिक रोजगार विभागले ऐन विपरीत काम गर्ने ५ सय ८४ मेनपावर कम्पनी खारेज तथा कारोबार रोक्का गरेको छ । विभागमा दर्ता भई इजाजत पत्र लिएका तर, वैदेशिक रोजगार ऐन विपरीत काम गरेका ५ सय ८४ मेनपावर कम्पनी खारेज तथा कारोबार रोक्का गरेको हो ।

विभागले वैदेशिक रोजगार ऐनमा मेनपावर कम्पनीले स्वीकृति नलिई कामदार पठाएकाे, नाबालिगलाई वैदेशिक रोजगारमा पठाएकाे, प्रतिवन्धित मुलुकमा कामदार पठाएकाे, लिखत वा प्रतिवेदन लुकाउने वा हेरफेर गर्ने मेनपावर कम्पनी खारेज तथा कारोबार रोक्का गरिएको बताइएकाे छ ।

अनुमति बिना शाखा कार्यालय खोलेका, विज्ञापन प्रकाशन नगरेका, छनौट सूची प्रकाशन नगरेका, रकम फिर्ता गर्न वा क्षतिपूर्ति दिन इन्कार गरेका मेनपावर कम्पनी पनि खारेज तथा कारोबार रोक्कामा परेका छन् । त्यसैगरि व्यक्तिगत रूपमा कामदार पठाएका, प्रवेशाज्ञा शुल्क, सेवा शुल्क तथा प्रवर्द्धन खर्च बढी लिएका, आदेश वा निर्देशन पालना नगरेका, करार विपरीत कार्य गरेका मेनपावर कम्पनीको खाता रोक्कादेखि इजाजत पत्र खारेज गर्नेसम्मको कारबाही गरिएको पनि विभागले जनाएको छ ।

मेनपावर कम्पनी खारेज तथा खाता रोक्कामा परेकाे पहिलो नम्बरमा ए वन ओभरसिज प्रा.ली रहेको छ भने अन्तिम तथा ५ सय ८४ नम्बरमा जेनिथ प्रोग्रेसिभ प्राली रहेको छ । यसरी खारेज भएका तथा कारोबार रोक्का भएका मेनपावर कम्पनीले वैदेशिक रोजगारीमा पठाउने सम्बन्धी कार्य गर्न पाउने छैनन् ।

हाल वैदेशिक रोजगारीमा पठाउनका लागि १ हजार ६सय ४ वटा मेनपावर कम्पनी वैदेशिक रोजगार विभागमा दर्ता छन् । विभागकै तथ्यांक अनुसार अहिले इजाजत पत्र प्राप्त गरेका मेनपावरमध्ये ९ सय ८२ मेनपावर कम्पनी मात्रै कानूनी रूपमा सक्रिय रहेकाे बताइएकाे छ ।