Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

२७ बुधबार , असार २०८१२ बर्ष अगाडि

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

पोखरामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । आज बिहान पोखरा महानगरपालिका-२७ सहेलापाटाका मनबहादुर थापाको घर पहिराेले पुरिँदा उनका २२ छोरा वर्षीय छोरा भीमबहादुरको मृत्यु भएको हो ।

मनबहादुर थापाको ब्लकले बनेको घर आज बिहान पहिरोले पुरिएकाे थियाे । पहिराेले पुरिएकाे घरबाट ५० वर्षीय कमला थापालाई सकुशल उद्धार गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिएका छन् भने पोखरामा मंगलबार साँझदेखि निरन्तर अविरल वर्षा भइरहेको छ ।

पहिराेले घर पुरिए लगतै इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीले घटनास्थलमा खोज तथा उद्धार गरेका थिए । उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल २४ नं गण कालिका गण मालेपाटनबाट समेत प्रहरी टोली खटिएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिएका छन् ।