Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नौबिसे–मलेखु सडक राति १० बजेदेखि बिहान ३ बजेसम्म बन्द

२७ बुधबार , असार २०८१३ महिना अगाडि

नौबिसे–मलेखु सडक राति १० बजेदेखि बिहान ३ बजेसम्म बन्द

नौबिसे–मलेखु सडक खण्ड १५ दिनका लागि राति १० बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने भएकाे छ । पृथ्वी राजमार्ग अन्तर्गतकाे नौबिसे–मलेखु सडक खण्ड आज असार २६ गतेबाट १५ दिन राति १० बजेदेखि बन्द हुने भएको हाे ।

नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले एक सूचना प्रकाशित गर्दै उक्त जानकारी गराएकाे हाे । आयोजनाकाे सुचनामा जनाइएअनुसार उक्त सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरा खोलाका पुलको संरचनामा काम गर्ने गरी सडक बन्द गर्न लागिएको हाे ।

आयोजनाले उक्त अवधिमा अत्यावश्यक सेवाका एम्बुलेन्स, सुरक्षा निकाय लगायतका सवारीसाधनहरू भने चल्न पाउने बताएकाे छ । उक्त सडककाे विकल्पमा गल्छी–बिदुर–छहरे–टोखा सडक प्रयोग गर्न सकिने पनि आयोजनाले उल्लेख गरेकाे छ ।

आयोजनाले सुचना जारी गर्दै सडक खण्डमा लेन अनुशासन कायम गरी सवारीसाधन चलाउन तथा ओभर टेक नगर्न समेत आग्रह गरेको छ ।