Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आज पनि भारी वर्षा र बाढि पहिराेकाे सम्भावना सतर्कता अपनाउन आग्रह

२७ बुधबार , असार २०८१३ महिना अगाडि

आज पनि भारी वर्षा र बाढि पहिराेकाे सम्भावना सतर्कता अपनाउन आग्रह

आज बिहानैदेखि देशका विभिन्न स्थनमा वर्षा भइरहेकाेे छ । बिहानैदेखि काठमाडौं उपत्यका लगायत कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश र गण्डकी प्रदेशका थोरै तथा बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाे महाशाखाकाे भनाइ रहेकाे छ ।

त्यस्तै कोशी र मधेश प्रदेशका एक/दुई स्थानमा अति वर्षाको समेत सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । महाशाखाले राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना र कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेका बताएकाे छ ।

केहि दिनदेखिकाे लगातारको वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम बढेकाले त्यसबाट जोगिन सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हाे । मनसुन भित्रिएसंगै देशका विभिन्न स्थानमा विपद्जन्य घटनामा परि आजसम्म ८० जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता तथा ९७ जना घाइते भएका छन् । त्यस्तै ५३ जनाको उद्धार गरिएको छ भने बाढीले १ सय ६१ घर डुबानमा परेकाे छ ।