Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

शिवशिखरको गार्डेन मार्ट लिलामीमा

२६ मंगलबार , असार २०८१३ महिना अगाडि

शिवशिखरको  गार्डेन मार्ट लिलामीमा

समस्याग्रस्त घोषित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाको मार्ट लिलामीमा बिक्री गर्न लागिएको छ । ललितपुरको गोदावरी नगरपालिका–१४, ठैवस्थित सहकारीको सञ्चालित गार्डेन मार्ट र फर्निचर लिलामीमा बिक्री गर्न लागिएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आज सूचना जारी गर्दै उक्त गार्डेन मार्ट र फर्निचर खरिद गर्न इच्छुकसँग निवेदन माग गरेको छ ।

सहकारीको एक रोपनी दुई आना जग्गामा बनेको गार्डेन मार्टको संरचना र मार्टमा भएका सामान तथा सहकारीका फर्निचर र कम्प्युटर लिलामी बिक्रीमा राखिएको कार्यालयले जनाएको छ । कार्यालयले लिलामी बिक्रीमा राखिएका सम्पत्तिको एकमुष्ट मुल्यांकन एक करोड १५ लाख ७८ हजार ८८५ रुपैयाँ तोकेको छ ।

सहकारीको उक्त सम्पत्ति सकार्न चाहने घरधनी, सहकारीका बचतकर्ता वा बाह्य इच्छुक पक्षले आगामी सात दिनभित्र उल्लिखित रकमभन्दा कम नहुने गरी गोप्य शिलबन्दी निवेदन पेश गर्न सक्ने कार्यालयले जनाएको छ । लिलामी बिक्रीबाट उठेको रकम सहकारीका बचतकर्ताको दायित्व भुक्तानीमा प्रयोजन हुनेछ ।