Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पहिरोमा परी सुतिरहेका एकको मृत्यु, तीन जना घाईते

२६ मंगलबार , असार २०८१३ महिना अगाडि

पहिरोमा परी सुतिरहेका एकको मृत्यु, तीन जना घाईते

अविरल वर्षासंगै आएको पहिरोमा परी रुकुम पूर्वमा एक जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् । रुकुमको सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

उक्त पहिरोमा परि गोठमा सुतिरहेका कर्णबहादुर बुढाको परिवारका चार जनालाई बगाएको थियो । पहिरोले बगाएका मध्ये ११ वर्षीय सरगम बुढाको मृत्यु भएको छ भने उनका बुबा ४० वर्षीय कर्णबहादुर बुढा,आमा ३८ वर्षीया गम्मा बुढा र बहिनी ९ वर्षीया तिलसरा बुढा गम्भीर घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार गम्भीर अवस्थाका घाईतेहरुलाई उपचारका लागि रुकुमकोट पढाइएको बताईएको छ ।