Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

वैदेशिक रोजगार विभाग प्रवेशमा कडाई

२६ मंगलबार , असार २०८१२ बर्ष अगाडि

वैदेशिक रोजगार विभाग प्रवेशमा कडाई

काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभाग प्रवेशमा कडाई गरिएको छ । विभागले आफ्नै कर्मचारीलाई समेत प्रवेशका लागि परिचयपत्र अनिवार्य गरेको हो । हिजो श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले विभागको आकस्मिक अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा अनावश्यक व्यक्तिहरुको कार्यालयभित्र प्रवेश पाइएपछि मन्त्री अर्यालको निर्देशनबमोजिम विभागले प्रवेशमा कडाई गरेको हो । विभागका महानिर्देशक डण्डुराज घिमिरेले मेनपावर व्यवसायीको नवीकरण, दर्ता, दाखिला, खारेजलगायतका कार्यमा परिचयपत्र बाहक कर्मचारी, सञ्चालक तथा कानूनी सल्लाहकारको रुपमा नियुक्त कानून व्यवसायीलाई मात्र विभागभित्र प्रवेश गर्न दिने समेत निर्णय गरेको हो ।

त्यस्तै, अन्य व्यक्तिलाई विभागभित्र प्रवेश निषेध गर्न उनले निर्देशन दिएको जनाइएको छ । विभागद्धारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘यस विभागमा नवीकरण, दर्ता, दाखिला, खारेजलगायतका कार्यहरुमा परिचयपत्र बाहक कर्मचारी, सञ्चालक तथा कानूनी सल्लाहकारको रुपमा नियुक्त कानून व्यवसायीबाहेक अन्य व्यक्तिलाई विभागभित्र प्रवेश निषेध गर्न निर्देशन भएकोले सोहीबमोजिम विभागभित्र प्रवेशको व्यवस्था मिलाइने समेत जानकारी गराइन्छ ।’