Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

१४ मेनपावरले शून्य लागतमा विदेश पठाएको विवरण बुझाए

२६ मंगलबार , असार २०८१३ महिना अगाडि

१४ मेनपावरले शून्य लागतमा विदेश पठाएको विवरण बुझाए

सरकारलाई ‘फ्री भिसा, फ्री टिकट’ र शून्य लागत मार्फत १४ वटा मेनपावर कम्पनीहरूले नेपाली श्रमिक विदेश पठाएको विवरण बुझाएका छन् । शून्य लागतमा चालु आर्थिक वर्षको असारसम्ममा १४ वटा मेनपावर कम्पनीले श्रमिक विदेश पठाएको विवरण बुझाएका हुन् ।  

वैदेशिक रोजगार विभागलाई चालू आर्थिक वर्ष २०८०/०८१ को हालसम्म १४ वटा मेनपावर कम्पनीहरूले ‘फ्री भिसा, फ्री टिकट’ र शून्य लागतमा नेपाली श्रमिकहरूलाई विदेश पठाएको विवरण बुझाएका हुन् ।

यसअघि विभागले व्यवसायीहरूसँग फ्री भिसा, फ्री टिकटमा कामदार पठाएको विवरण माग गरेको थियो । विभागको उक्त मागसंगै हालसम्म १४ मेनपावर कम्पनीले मात्रै कामदार पठाएको विवरण पेस गरेको जनाएको छ । मेनपावर कम्पनीहरूले मलेसिया तथा खाडीका ६ मुलुकमा फ्री भिसा, फ्री टिकटमार्फत कामदार पठाउँदै आएको बताईएको छ ।

विवरण सार्वजनिक गर्दै १४ वटा मेनपावर कम्पनीले पैसा लिएको भए उजुरी गर्न समेत सबैमा अनुरोध गरेको छ । विभागले कामदारको नेपाल हुँदाको मोबाइल नम्बर समेत माग गर्दै फ्री भिसा, फ्री टिकट तथा शून्य लागतमा कामदार पठाएको विवरण मागेको थियो ।