Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सवारी धनीलाई अनिवार्य प्यान लिन सरकारको ताकेता

२६ मंगलबार , असार २०८१३ महिना अगाडि

सवारी धनीलाई अनिवार्य प्यान लिन सरकारको ताकेता

ढुवानी सेवा दिइरहेका सवारीसाधन धनीलाई सरकारले स्थायी लेखा नम्बर (प्यान) अनिवार्य रुपमा लिन ताकेता गरेको छ । ढुवानी साधनहरु ट्रक, टिपर र ट्याक्टरलगायतका सवारी धनीमध्ये कतिपयले अझै पनि प्यान नलिएकाले अनिवार्य लिन ताकेता गरेको हो ।

आन्तरिक राजस्व विभागले आयकर ऐन अनुसार प्यान लिन अनिवार्य हुने सवारी धनीलाई यथाशीघ्र यस्तो नम्बर लिएर मात्र कारोबार गर्न ताकेका गरेको हो । विभागले कानून उल्लंघन गरी प्यान नलिएको पाइए कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

यसअघि सरकारले मालवाहक सवारीसाधन धनीले अनिवार्य प्यान लिनुपर्ने व्यवस्था गरेको थियो । विभागले आफैले सवारीसाधन चलाइरहेका वा अर्को व्यक्ति वा संस्थालाई भाडामा चलाउन दिएका व्यक्तिले समेत प्यानमा दर्ता हुनुपर्ने स्पष्ट पारेको छ ।