Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बाढी र पहिरोको कारण अरनिको राजमार्ग अवरुद्ध

२६ मंगलबार , असार २०८१३ महिना अगाडि

बाढी र पहिरोको कारण अरनिको राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ । अरनिको राजमार्ग अन्तर्गत काभ्रेको दोलालघाट नजिकै ५० किलो भन्ने स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो  ।

अविरल वर्षाले सडक माथिबाट पहिरो लगातार खसिरहेकाले पन्छाउने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । काभ्रेको पाँचखाल नगरपालिका-८ मा पर्ने उक्त सडकमा पहिरो खसेर करिब एक सय ५० मिटर सडक अवरुद्ध भएको बताईएको छ ।

हिँजो साझदेखि नै सडक अवरुद्ध हुँदा दुवैतर्फ सवारी रोकिएका छन् भने साना सवारीलाई वैकल्पिक बाटोबाट पठाइएको छ । आज बिहानदेखि पहिरो खस्न केही कम भएकाले पहिरो पन्छाउन थालिएको र उक्त पहिरो पन्छाएपछी सवारी संचालन हुने प्रहरीको भनाई रहेको छ ।