Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

करार र ज्यालादारी कर्मचारी हटाइँदै

२५ सोमबार , असार २०८१३ महिना अगाडि

करार र ज्यालादारी कर्मचारी हटाइँदै

स्वास्थ्य सेवा विभागले करार र ज्यालादारीका कर्मचारीलाई हटाउने भएको छ । विभागले एक सूचना जारी गर्दै आगामी साउन १ गतेदेखि करार र ज्यालादारीका कर्मचारीहरुको सेवालाई निरन्तरता दिन नसकिने बताएको हो । 

अर्थ मन्त्रालयबाट कानूनबमोजिम करार नियुक्ति गर्ने सहमतिमा फाइद उठिसकेकोले सहमति नआएसम्म उनीहरुलाई राख्न नसकिने विभागले जनाएको छ ।

विभागद्धारा जारी सूचनामा उल्लेख छ, ‘यस विभागमा हाल करा/ज्यालादारीमा कार्यरत कर्मचारीहरुको निरन्तरताको लागि आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत बजेटमा अर्थ मन्त्रालयको पूर्व स्वीकृति लिई प्रचलित कानूनबमोजिम करार नियुक्त गर्ने भनी लेखी आए अनुसार नै सहमतिका लागि फाइल उठान भइसकेको छ । अतः अर्थ मन्त्रालयबाट सहमति प्राप्त भई नआएसम्म मिति २०८१/०४/०१ गतेदेखि करार/ज्यालादारीअन्तर्गत सबैखाले कर्मचारीहरुको सेवालाई निरन्तरता दिन नसकिने व्यहोरा मिति २०८१/०३/१९ गतेको निर्णयानुसार अनुरोध छ ।’