Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

महाकाली अस्पतालमा बाढी पीडितको निःशुल्क उपचार

२५ सोमबार , असार २०८१२ बर्ष अगाडि

महाकाली अस्पतालमा बाढी पीडितको निःशुल्क उपचार

कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले बाढी पीडितको निःशुल्क रुपमा उपचार गर्ने भएको छ । अविरल वर्षाका कारण डुबानमा परी स्वास्थ्य समस्यामा परेका आम जनसमुदायको निःशुल्क रुपमा उपचार गर्ने व्यवस्था मिलाएको अस्पतालका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा समेत यसबारे लेखेका छन्, ‘विगत तीन दिनदेखि अविरल वर्षाका कारण डुबानमा परी स्वास्थ्य स्वास्थ्यमा परेका आम जनसमुदायलाई महाकाली प्रादेशिक अस्पतालले निःशुल्क स्वास्थ्य उपचार गर्ने भएको हुँदा समयमा नै सम्पर्क गर्नहुन हार्दिक अपिल गर्दछौं ।’

गत शुक्रबार रातिदेखि लगातार परेको पानीका कारण देशभर ठुलो धनजनको क्षति भइरहेको छ । अविरल वर्षाका कारण कञ्चनपुरको जनजीवन झनै कष्टकर बनेको छ । जिल्लाको सदरमुकाम महेन्द्रनगरको मुख्य बजारक्षेत्र र आसपासका आवासीय स्थान पूरै जलमग्न भएको छ ।

दोधारा चाँदनी नगरपालिका वडा नम्बर, ८ स्थित महाकाली नदीमा बनाइएको तटबन्ध तोडेर बाढी गाउँ पसेको छ । अधिकांशको घरै डुबानमा परेको छ । बाढीका कारण सयौंको संख्यामा घरपरिवार विस्थापित भएका छन् । सडक समेत डुबानमा परेपछि स्थानीयबासीलाई आउजाउ गर्न समेत समस्या परेको छ । सुरक्षाकर्मी र स्थानीयको सहयोगमा बाढीमा फसेकाहरुको उद्दार गरिँदै सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।