Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नदीनाला नजिक गई भिडियो र फोटो नखिच्न आग्रह

२५ सोमबार , असार २०८१३ महिना अगाडि

नदीनाला नजिक गई भिडियो र फोटो नखिच्न आग्रह

नेपाल प्रहरीले नदीनाला र खोला नजिकमा गएर भिडियो तथा फोटो नखिच्न आग्रह गरेको छ । अविरल वर्षाका कारण देशभरका नदीनाला र खोलामा पानीको बहाव अत्याधिक बढेको भन्दै प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

पानीको बहाव बढेको बेला नदीनाला र खोला नजिकमा गई भिडियो तथा फोटो खिच्ने कार्य निकै जोखिमपूर्ण हुने भएकोले त्यस्ता किसिमका गतिविधि नगर्न प्रहरीको अनुरोध हाे । जारी सूचनामा उल्लेख छ, ‘अविरल वर्षाका कारण नदीनाला र खोलामा पानी बहान अत्याधिक मात्रामा बढेको हुँदा नजिक गई भिडियो तथा फोटो खिच्ने कार्य जोखिमपूर्ण हुन्छ । यस किसिमका गतिविधि नगरिदिनुहुन अनुरोध गर्दछौं ।’

त्यसैगरि कार्यालयले लामो यात्रामा निस्किनुअघि बाटोको अवस्थाबारे सम्बन्धित निकायबाट जानकारी लिन समेत आग्रह गरेको छ । मनसुन र अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी तथा पहिरोले गर्दा सडक अवरुद्ध रहेको र खुलाउने प्रयास भइरहेको जानकारी दिँदै प्रहरीले लामो यात्रामा निस्कनुअघि सम्बन्धित जिल्ला प्रहरी कार्यालय, प्रहरी कन्ट्रोललगायतमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

देशभर मनसुन सक्रिय भएसँगै बाढी–पहिरोले वितण्डा मच्चाएको छ । गत जेठ २८ गते यता अविरल वर्षा, पहिरो, चट्याङ र बाढीका कारण देशभर ७० जनाको ज्यान गएको छ भने ८६ जना घाइते भएका छन् । विपदजन्य घटनाबाट पाँच जना बेपत्त भएका छन् । त्यस्तै, तीन सय ३५ वटा चौपायाको मृत्यु र ८६ वटा घर पूर्ण रुपमा क्षति भएको बताइएकाे छ ।