Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा सर्‍यो

२५ सोमबार , असार २०८१३ महिना अगाडि

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा सर्‍यो

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा सरेको छ । टेकुस्थित नेपाल आयल निगमको भवनमा सरेको कार्यालयले जनाएको छ ।

कार्यालयले पूर्जाआजा गरेर आजदेखि टेकुबाट सेवा सुचारु गरेको हो । सो भवनमा यसअघि जिल्ला प्रहरी परिसर, काठमाडौं बसेको थियो ।

आइतबार परिसर भद्रकालीस्थित आफ्नै नयाँ भवनमा सरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालय यसअघि नयाँ बानेश्वरस्थित मिनभवनमा रहेको थियो ।

कार्यालयको पनि टेकु परिसरमा अत्याधुनिक भवन निर्माण भइरहेको छ । २०७२ सालको विनाशकारी भूकम्पपछि अपराध अनुसन्धान कार्यालय हनुमान ढोकाबाट टेकु हुँदै मिनभवनमा सरेको थियो ।