Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

तनहुँकाे दुई पालिकामा विद्युत् सेवा अवरुद्ध

२५ सोमबार , असार २०८१२ बर्ष अगाडि

तनहुँकाे दुई पालिकामा विद्युत् सेवा अवरुद्ध

तनहुँकाे म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाका केही वडामा विद्युत् सेवा अवरुद्ध भएको छ । अविरल वर्षापछि आएको बाढी र पहिराले विद्युत् पोलमा क्षति हुँदा दुई पालिकाकाे विद्युत् सेवा अवरुद्ध भएको हाे ।

मनसुन र वर्षा सुरू भएसंगै शुक्रबार रातिदेखि परेको अविरल वर्षाको कारण अाएकाे बाढी र पहिराले पोलमा क्षति भएपछि उक्त पालिकाहरूकाे केही वडामा विद्युत् सेवा अवरुद्ध भएको बताइएकाे छ ।

पहिराेले पृथ्वी राजमार्ग अन्तर्गत म्याग्दे गाउँपालिका–६ मौरी ओढारमा सातवटा विद्युतकाे पोल ढलेपछि उक्त दुई पालिकामा विद्युत् सञ्चालन गर्न कठिनाइ भएको विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ । 

बाढी र पहिराले म्याग्दे, शुक्लागण्डकी, व्यास र आँबुखैरेनी गाउँपालिका लगायत क्षेत्रमा एक दर्जन भन्दा बढी विद्युत् पोल ढालेको बताइएकाे छ ।