Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

बाढीले पुल भत्किदा सडक अवरुद्ध

२५ सोमबार , असार २०८१२ बर्ष अगाडि

बाढीले पुल भत्किदा सडक अवरुद्ध

अविरल वर्षापछिकाे बाढीले पुल भत्किदा सडक अवरूद्ध भएकाे छ । बाढीले पुल भत्किदा पूर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–अत्तरिया सडकखण्ड अवरुद्ध भएको हाे ।

बाढीले कञ्चनपुरको पूर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–अत्तरियाकाे सुडा चोकमा रहेको पुल भत्किएको बतााइएकाे छ । पुल भत्किएसँगै आइतबार रातिदेखि नै राजमार्ग अवरुद्ध भएको छ भने सवारीका साधन नचल्दा यात्रुहरू अलपत्र परेका छन् ।

गए राति आएको बाढीले पुल भत्किएपछि महेन्द्रनगरबाट सुदूरपश्चिमसँगै देशका पूर्वी शहरसम्म पुग्ने सवारी साधन बाटोमै रोकिएकाे छ ।