Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

बाघको आक्रमणबाट तीन महिला घाइते

२५ सोमबार , असार २०८१२ बर्ष अगाडि

बाघको आक्रमणबाट तीन महिला घाइते

बाघको आक्रमणबाट दाङमा ३ जना महिला घाइते भएका छन् । बाघको आक्रमणबाट दाङकाे तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएका हुन् ।

उनीहरू बिहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न गएका थिए ।  उनीहरूलाई वनमा च्याउ टिप्न जाँदा बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन् । 

बिहान बाघले आक्रमण गर्दा केसीको दुवै हातमा सामान्य चोट लागेको छ भने सीताको ढाड र पेटमा तथा सरिताको दायाँ हातमा सामान्य चोट लागेको बताइएकाे छ । उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइहरेको प्रहरीकाे भनाइ रहेकाे छ ।