Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भोलिसम्म बाढीको जोखि उस्तै,सतर्कता अपनाउन अनुरोध

२४ आइतबार , असार २०८१३ महिना अगाडि

भोलिसम्म बाढीको जोखि उस्तै,सतर्कता अपनाउन अनुरोध

देशभरका अधिकांश नदीहरुमा बहाव बढ्न सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको बताएको छ ।

त्यस्तै, आज र भोलि नारायणी, कोशी र महाकाली नदीहरुमा जलसतह बढ्न सक्ने महाशाखाले जनाएको छ । महाशाखाले कर्णाली, बबई, पश्चिम राप्ती, पश्चिम सेती र यसका सहायक नदीहरुमा पनि जलसतह बढ्न सक्ने भन्दै उच्च सावधानी अपनाउन अनुरोध गरेको छ ।

झापा, मोरङ, सुनसरी, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, बारा, कास्की, अर्घाखाँची, पर्वत, स्याङ्जा, पाल्पा, गुल्मी, सल्यान, रोल्पा, प्युठान, म्याग्दी, बाग्लुङ, पर्सा, चितवन, नवलपरासी पूर्व र पश्चिम, कपिलवस्तु, रुपन्देही, सुर्खेत, अछाम, दैलेख, बाजुरा, जाजरकोट, बैतडी, बझाङ र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीमा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाइएको छ ।

महाशाखाले भोलि पनि देशभरका अधिकांश स–साना नदीहरुमा बहाव बढ्ने तथा कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, मधेश प्रदेश र आसपास भई बहने नदीमा आकस्मिक बाढीको जोखिम रहेको समेत जानकारी दिएको छ ।