Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बाढीले नारायणगढ–नगरवन जोड्ने झोलुङ्गे पुल बगायो

२४ आइतबार , असार २०८१३ महिना अगाडि

बाढीले नारायणगढ–नगरवन जोड्ने झोलुङ्गे पुल बगायो

चितवनको नारायणी नदीमा आएको बाढीले नारायणगढ–नगरवन जोड्ने झोलुङ्गे पुल बगाएको छ । गएराति करिब ११ : ३० बजे आएको बाढीले भरतपुर महानगरपालिका–३, न्युरोड र नगरवन जोड्ने नारायणी नदीमा रहेको झोलुङ्गे पुल बगाएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको हो ।

बाढीले पुलको दुवैतर्फको पिल्लर भत्काएको छ । यस्तै, बाढी बस्तीमा पसेपछि एक सय ७१ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ३ का ३०, वडा नम्बर १७ का ५४, वडा नम्बर १ का २८ र वडा नम्बर १६ का ५९ गरी एक सय ७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

यस्तै, घरभित्र बाढी पसेका भरतपुर–१७, गोब्रेनीस्थित १७ घरधुरीका मानिसलाई सोही स्थानमा रहेको आफन्तको घरमा डुंगामार्फत सुरक्षित साथ लगिएको बताइएकाे छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार नारायणी नदीको जलसतह ११.६९ मिटर रहेको भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । यहाँ ९ मिटरलाई खतराको संकेतको रुपमा लिने गरिएको छ ।