Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बाढी पहिरो पीडितको उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीकाे निर्देशन

२४ आइतबार , असार २०८१३ महिना अगाडि

बाढी पहिरो पीडितको उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीकाे निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशभर परेकाे अविरल वर्षाका कारण बाढी पहिरोबाट पीडित बनेका नागरिककाे उद्धार र राहतमा सक्रिय हुन निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल ट्विटरमार्फत उक्त निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले बाढी पहिरो पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन राज्यका सबै निकायलाई निर्देशन दिँदै बाढी पहिरोका कारण देशका विभिन्न भू-भागमा भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउन सबै नागरिकलाइ अपिल गरेका हुन्  ।

प्रधानमन्त्रीले प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन राज्यका सबै अंगलाई निर्देशन गरिएको र आवश्यक सुरक्षा सतर्कता अपनाउन पनि सम्पूर्ण नागरिकमा अपिल गरेका छन् ।