Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

प्रहरीले भद्रकालीकाे नयाँ कार्यालयबाट सेवा प्रदान गर्ने

२४ आइतबार , असार २०८१३ महिना अगाडि

प्रहरीले भद्रकालीकाे नयाँ कार्यालयबाट सेवा प्रदान गर्ने

भद्रकालीस्थित नयाँ कार्यालयबाट जिल्ला प्रहरी परिसर काठमाडौँले सेवा प्रदान गर्ने भएको छ । टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय परिसरबाट सेवा प्रदान गर्दै आएको परिसरले आजदेखि नयाँ कार्यालयबाट सेवा प्रदान गर्ने भएकाे हाे ।

जिल्ला प्रहरी परिसर काठमाडौँले यसअघि काठमाडौँ महानगरपालिका-१२ टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय परिसरबाट सेवा प्रदान गर्दै आएको थियाे । आजदेखि परिसरले भद्रकालीमा निर्मित आफ्नै नयाँ भवनबाट सेवा प्रदान गर्न लागिएको परिसरका प्रमुख वसन्त रजौरेले जानकारी दिएका छन् ।

विसं २०७२ वैशाख १२ गते गएको भूकम्प अघिसम्म जिल्ला प्रहरी परिसर काठमाडौँले वसन्तपुरस्थित हनुमानढोकामा रहेको आफ्नै भवनबाट सेवा प्रदान गर्दै आएकाे थियाे । भूकम्पपछि परिसरले टेकु सरेर सेवा प्रदान गर्दै आएको थियो ।

भद्रकालीमा कूल ८० करोड लगानीमा निर्माण गरिएको उक्त नयाँ भवन आठ तल्लाको रहेको र उक्त भवन छ रोपनी क्षेत्रफलमा फैलिएको काठमाडौँ प्रहरीले जनाएको छ ।