Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

तनहुँमा पहिराेमा परि तीन जना बेपता

२४ आइतबार , असार २०८१३ महिना अगाडि

तनहुँमा पहिराेमा परि तीन जना बेपता

अविरल वर्षापछि आएकाे पहिराेले घर पुरिँदा तनहुँको शुक्लागण्डकीमा तीन जना बेपता भएका छन् । शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार झरेको पहिरोले दुई घर पुरिँदा उनिहरू बेपत्ता भएका हुन् ।

पहिराेले सुना नेपाली र हिरा नेपालीलो घर पूर्णरुपमा क्षति भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिएका छन् । उक्त पहिरोमा परि एक जना घरधनी सहित उद्धारमा पुगेका स्थानीय दुई जना बेपत्ता भएकाे बताइएकाे । अहिले घटनास्थलमा नेपाल प्रहरी र स्थानियले बेपत्ताको खोजी गरिरहेका छन् ।

त्यसैगरि बाढीले तनहुँको भीमाद नगरपालिक–६ मालेबगरका ६ घर र म्याग्दे गाउँपालिका–४ र ७ को घुम्तीबजार डुबानमा परेको बताइएकाे छ । त्यस्तै शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिका जोड्ने फेदीखोलाको अस्थायी कल्भर्ट बाढीले बगाएपछि यातायात अवरुद्ध भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

मनसुन भित्रिएसंगैकाे अविरल वर्षाले देशभर बाढी, पहिराे, डुबान लगायतका दुर्घटना निम्त्याएकाे छ भने विपद्जन्य घटनामा जनधनकाे क्षति भइरहेकाे छ ।