Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जलसतह बढ्दै गएपछि सप्तकोशीकाे ४१ वटा ढोका खोलियाे

२४ आइतबार , असार २०८१३ महिना अगाडि

जलसतह बढ्दै गएपछि सप्तकोशीकाे ४१ वटा ढोका खोलियाे

देशभर परेकाे अविरल वर्षासंगैकाे बाढिले उग्र रूप लिन थालेपछि सतर्कता अपनाउन आग्रह गरिएकाे छ । जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले अविरल वर्षासंगै आउन सक्ने विपदबाट बच्न आग्रह गरेकाे हाे ।

निरन्तरकाे अविरल वर्षाका कारण सप्तकोशी नदीको जलसतह बढ्दै गएको र बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको थियाे । सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएकाे बताइएकाे छ ।

अहिले सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै पानीकाे सतह बढ्ने क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेकाले देशभर साधरणतयादेखि पूर्णतया बदली रहेको छ । बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएकाे छ ।

मनसुनी वर्षाका कारण पहाडमा पहिरो र नदी तटीय क्षेत्रमा बाढीको सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह समेत गरेकाे छ ।