Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

निःशुल्क आँखा र सुगर जाँच तथा चश्मा वितरण

२२ शुक्रबार , असार २०८१४ महिना अगाडि

निःशुल्क आँखा र सुगर जाँच तथा चश्मा वितरण

काठमाडौंको कीर्तिपुरमा निःशुल्क आँखा र सुगर  जाँच तथा चश्मा वितरण गरिने भएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर ९, ले उक्त कार्यक्रम अओजना  गर्न लागेको हो ।

वडा कार्यालयले विभिन्न गैरसरकारी संघसंस्थाको सहकार्यमा स्थानीय बासिन्दासहित आम नागरिकका लागि निःशुल्क सुगर, आँखा जाँच र चश्मा वितरण गर्न लागेको जानकारी दिएको छ ।

वडाध्यक्ष दिनेश श्रेष्ठका अनुसार बाहिरीगाउँ कीर्तिपुर अप्टीकल तथा आँखा क्लिनिकमा भोलि कार्यक्रम सञ्चालन गरिनेछ । बिहान ७ बजेदेखि सुगर जाँच र १० बजेदेखि अपरान्ह ३ बजेसम्म आँखा जाँच गर्ने समय तोकिएको छ ।

उनका अनुसार लायन्स क्लब, लियो क्लब, क्यूवानी इन्टरनेशन, कीर्तिपुर अप्टीकल तथा आँखा क्लिनिक र मेडक्वेष्ट डाइग्नोष्टिक सेन्टर नेपालको सहकार्यमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । वडा कार्यालयले कार्यक्रममा सहभागी हुन समेत सम्पूर्णलाई आग्रह गरेको छ ।