Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सशस्त्र प्रहरीको विभिन्न पदमा जागिर खुल्यो

२२ शुक्रबार , असार २०८१४ महिना अगाडि

सशस्त्र प्रहरीको विभिन्न पदमा जागिर खुल्यो

सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा भर्ना खुलाएको छ । सशस्त्रको भर्ना तथा छनौट शाखाले आज सूचना प्रकाशित गर्दै विभिन्न समूहतर्फ ४८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि दरखास्त आह्वान गरेको हो ।

सशस्त्रमा रिक्त रहेको साधारण समूह, कानून उपसमूह, लेखा उपसमूह र प्राविधिक समूहतर्फका पदहरुमा खुला प्रतियोगिताद्धारा पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ ।

जसमा कानूनतर्फ आठ जना, लेखामा २९ जना र प्राविधिकमा ११ जना माग गरिएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी साउन २० गतेसम्म दरखास्त दिन सक्नेछन् ।

दोब्बर दस्तुर तिरेर साउन २७ गतेसम्म आवेदन दिन सकिनेछ । कानून उपसमूहतर्फ दरखास्त दिन चाहनेको न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट कानून विषयमा उपाधि प्राप्त गरी नेपाल कानून व्यवसायी परिषद्बाट अधिवक्ताको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ ।

लेखा उपसमूहतर्फ मान्यता प्राप्त विश्वविद्यालयबाट लेखा विषयसहित व्यवस्थापन वा वाणिज्य विषयमा स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने जनाइएको छ ।

प्राविधिक समूहतर्फ भने मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा कम्तीमा स्नातक तह वा सोसरह उपाधि प्राप्त गरी नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ । यससम्बन्धी विस्तृत जानकारी सशस्त्र प्रहरी बल, नेपालको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।