Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

धानको समर्थन मूल्य तोकियो

२२ शुक्रबार , असार २०८१४ महिना अगाडि

धानको समर्थन मूल्य तोकियो

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले धानको समर्थन मूल्य तोकेको छ । बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको हो । बैठकले तोकेअनुसार मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु ३४१०.५१ पैसा र मध्यम धानको रु ३५८०.६२ पैसा न्यूनतम समर्थन मूल्य तोकेको हो ।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले चीन सरकारको अनुदान सहायतामा हिल्सा–सिमीकोट सडकखण्ड, कोरला नाका, मुस्ताङमा इन्ल्याण्ड क्लियरेन्स डिपो/एकीकृत चेक पोष्ट र अरनिको राजमार्गको निर्माण तथा मर्मत सम्भारका लागि संभाव्यता अध्ययन गर्न प्राप्त भएका पत्रहरुमा हस्ताक्षर गर्न अर्थमन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाल संस्कृत विश्वविद्यालयको नाममा रहेको तथा विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा छानविन एवं भवन लगायत अन्य अचल सम्पत्तिको खोज तथा लगत संकलन, संरक्षण, उपयोग, व्यवस्थापन गर्ने र आवश्यक कार्यको लागि अध्ययन गरी ठोस प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गर्ने निर्णय समेत गरेको बताईएको छ ।