Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

रारा तालमा डुबेर एक जनाको मृत्यु

२२ शुक्रबार , असार २०८१२ बर्ष अगाडि

रारा तालमा डुबेर एक जनाको मृत्यु

पौडी खेल्ने क्रममा रारा तालमा डुबेर एक जनाको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा तालको पूर्वी भागमा छाँयानाथ रारा नगरपालिका–५ का २१ वर्षीय शिशिरजङ रावलको डुबेर मृत्यु भएको हो ।

तालको किनारमा निर्माणाधीन साइकल लेनमा मजदुरी गर्दै आएका रावलको मृत्यु भएको प्रहरीले जनाएको छ । चार जना साथी सहित तालको छेउमा पौडी खेल्दा रावलको मृत्यु भएको बताईएको छ । घटनाको जानकारी पाएपछी नेपाली सेनाको हनुमान ध्वज गुल्मबाट दुई वटा डुङ्गा लिएर नेपाली सेना घटनास्थलमा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय र रारा विमानस्थलबाट थप प्रहरी टोली घटनास्थलमा पुगेर शव तालबाट निकालिएको बताईएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार घटनाको मुचुल्का पछि शव परीक्षणका लागी जिल्ला अस्पताल लगिएको छ ।