Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मनसुनको प्रभावसंगै भारी वर्षा, सतर्कता अपनाउन आग्रह

२२ शुक्रबार , असार २०८१४ महिना अगाडि

मनसुनको प्रभावसंगै भारी वर्षा, सतर्कता अपनाउन आग्रह

मनसुन भित्रिएसंगै अहिले देशभर वर्षा भइरहेको छ । मनसुनी वायुको प्रभावका कारण देशभरको मौसम आंशिक देखि साधारणतया बदली हुनुका साथै केहि स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर बदली रहने र सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै कोशी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै आज राति देशभर बदली रहने र धेरै स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक/दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । उक्त क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रा गरेको छ ।

महाशाखाले आगामी तीन दिनसम्म हल्कादेखि भारी वर्षाको सम्भावना रहेको पनि जानकारी दिएको छ । न्यूनचापीय रेखा नेपालको दक्षिण भूभाग-सीमाना आसपास नै रहने र मनसुन अझ सक्रिय हुने सम्भावना रहेकाले तीन दिनसम्म सतर्कता अपनाउनुपर्ने बताएको छ । महाशाखाले धेरै वर्षा हुने आकलन गरिएका लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३० जिल्लामा रेडअलर्ट समेत जारी गरेको छ ।