Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सम्पत्ति विवरण बुझाउन कर्मचारीलाई निर्देशन

२१ बिहिबार , असार २०८१४ महिना अगाडि

सम्पत्ति विवरण बुझाउन कर्मचारीलाई निर्देशन

संघीय मामिला था सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीहरुलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले आज सार्वजनिक सूचना निकाल्दै आर्थिक वर्ष २०८०/०८१ को सम्पत्ति विवरण पेश गर्न भनेको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ (क) को उपदफा (१) र निजामती सेवा नियमावली, २०५० को नियम ११८ (१) मा प्रत्येक निजामती कर्मचारीले आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सम्बन्धित कार्यालयमार्फत किताबखानामा दर्ता गराउनुपर्ने व्यवस्था छ ।

सोहीअनुरुप तोकिएको समय सीमाभित्र सम्पत्ति विवरण बुझाउन अनुरोध गर्दै किताबखानाले आव २०८०/८१ मा सेवा निवृत्त भएका कर्मचारीलाई समेत विवरण पेश गर्न भनेको छ । त्यस्तै, कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका सरकारी कर्मचारीहरुले किताबखानामा नै यस्तो विवरण बुझाउनुपर्नेछ ।

अध्ययन, असाधारण र अन्य बिदा, तालिम, काज वा निलम्बनमा रहेका कर्मचारी पनि सार्वजनिक पद धारण गरेकै अवस्था हुने भएकोले सम्पत्ति विवरण पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।