Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भक्तपुर नगरपालिकाद्धारा छात्रवृत्तिमा पढ्न चाहनेसँग आवेदन माग

२० बुधबार , असार २०८१४ महिना अगाडि

भक्तपुर नगरपालिकाद्धारा  छात्रवृत्तिमा पढ्न चाहनेसँग आवेदन माग

भक्तपुर नगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमा पढ्न चाहने विद्यार्थीसँग आवेदन मागेको छ । नगरअन्तर्गतका विद्यालयहरुमा कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई नगरपालिकाले दरखास्त पेश गर्न भनेको हो ।

आजदेखि यही असार २९ गतेसम्म आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्थाबमोजिम विद्यालयले उपलब्ध गराउने १० प्रतिशत छात्रवृत्तिमध्ये ३३ प्रतिशत छात्रवृत्ति सिफारिसका लागि नगरपालिकाको निर्णयानुसार छनौट हुने जनाइएको छ ।

छात्रवृत्ति व्यवस्थापनसम्बन्धी सम्पूर्ण प्रक्रिया संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि, २०७४ बमोजिम अवलम्बन गरिने नगरपालिकाको भनाइ छ । त्यस्तै, छात्रवृत्तिको परीक्षा भक्तपुर–६, देकोचास्थित ख्वप माध्यमिक विद्यालयमा आगामी साउन १२ गते सञ्चालन हुनेछ ।