Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेकपा एसकाे दसाैँ राष्ट्रिय महाधिवेशन आज पनि जारी

२० बुधबार , असार २०८१४ महिना अगाडि

नेकपा एसकाे दसाैँ राष्ट्रिय महाधिवेशन आज पनि जारी

नेकपा एकीकृत समाजवादीको असार १६ गतेदेखि सुरू भएकाे दसाैँ राष्ट्रिय महाधिवेशन आज पनि निरन्तर जारी रहने भएकाे छ । महाधिवेशनअन्तर्गत आज दलको राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेजमा आएका सुझाव पेस गर्ने कार्यक्रम रहेको बताइएकाे छ ।

यसअघि महाधिवेशन प्रतिनिधिलाई १२ समूहमा विभाजन गरी दस्तावेजबारे छलफल गरिएको र उक्त छलफलबाट आएका सुझावलाई आजकाे बैठकमा टोली नेताले प्रस्तुत गर्ने तयारी रहेकाे छ ।
समूहका टोली नेताको प्रस्तुति गरेपछि दस्तावेज परिमार्जनसहित अनुमोदन हुने छ ।

महाधिवेशनमा देशभरबाट १ हजार ८ सय ४९ प्रतिनिधि सहभागी रहेका छन् । ती प्रतिनिधिले २ सय ९९ केन्द्रीय सदस्य, २१ पदाधिकारी चयन गर्नेछन् भने विधान संशोधन गरी पार्टीको सम्मानित नेता, वरिष्ठ नेताको पद सिर्जना गरिएको छ ।

एकीकृत समाजवादीकाे दसाैँ राष्ट्रिय महाधिवेशन असार १६ गतेदेखि सुरु गरिएकाेमा महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै असार २० गते समापन हुने जनाइएको छ ।